बाइडेन अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित

एजेन्सी
२३ कार्तिक २०७७, आईतवार ०७:२१

संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन्।बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको हो ।

बाइडेनले अहिलेसम्म २८४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । पराजित ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् ।राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रोरल मत प्राप्त गर्नु पर्दछ । सबै राज्यको अन्तिम नतिजा आउनुअघि नै बाइडेन विजयी भएका हुन् ।

अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन्।पूर्व राष्ट्रपति बाराक ओबामाकालमा उनी उपराष्ट्रपति थिए।१९४२, नोभेम्बर २० का दिन जन्मिएका उनले १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बनेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*