असल लोग्नेको खोजीमा १० पटक बिहे, अझै जीवनसाथी खोज्दैछिन् यी महिला

बाइलाइन नेपाल
१९ कार्तिक २०७७, बुधबार २०:५२

बिहेको समयमा हरेक मानिसको चाहना हुन्छ कि आफ्नो पार्टनर असल होस् र ऊसँग हाँसीखुसी जिवन बिताउन सकियोस् ।तर अमेरिकामा एकजना महिलाले सही जीवनसाथीको खोजीमा अहिलेसम्म १० पटक बिहे गरिसकेकी छिन् ।

आफूले यति धेरै पटक बिहे गरिसक्दा पनि उनलाई बिहेको संख्या धेरै भयो भन्नेमा कुनै परवाह छैन । भविष्यमा अझै कतिपटक बिहे गरिएला भन्ने कुराको पनि उनलाई खासै चासो छैन । उनलाई चासो छ त केवल आफ्नो लागि पर्फेक्ट जीवनसाथी भेट्टाउने । १० पटक बिहे गर्दा पनि असल लोग्ने पाउन नसकेपछि आफ्नो लागि ‘मिस्टर राइट’ को खोजी उनले पुनः सुरु गरेकी छिन् ।

केइसी नामकी महिला अमेरिकाको न्युयोर्कमा बस्दछिन् । अमेरिकाको चर्चित टेलिभिजन शो Dr I Phil Show मा उनले आफ्नो त्यो अनौठो राजको खुलासा गरेकी हुन् ।सफल व्यवसायिक महिलाको रुपमा टेलिभिजन कार्यक्रममा सहभागी भएकी केइसीले त्यसक्रममा आफ्नो उक्त अनौठो व्यक्तिगत जिवनका बारेमा खुलासा गरिन् ।

५६ वर्षीया केइसीले हालै उनको १० औँ लोग्नेसँग डिभोर्स गरिन् । १० औँ वैवाहिक सम्बन्धमा पनि खटपट आएको र दाम्पत्य जिवनबाट खुसी नभएपछि उनले वैवाहिक सम्बन्ध टुंग्याउने निर्णय गरेकी थिइन् ।१० औँ पतिसँगको डिभोर्सपछि सिंगल रहेकी केइसीले पुनः आफ्नो नयाँ पार्टनरको खोजी सुरु गरेकी छिन् ।

१० जना पुरुषसँग बिहे गरिसकेकी केइसीका ती विवाहमध्ये सबैभन्दा टिकेको विवाह चाहिँ ८ वर्ष टिकेको थियो । त्यो वैवाहिक सम्बन्ध जिवनभर टिक्ला भन्ने उनको आशा थियो तर त्यस्तो भएन । त्यस्तै उनको सबैभन्दा कम समयमै डिभोर्स भएको वैवाहिक सम्बन्ध केवल ६ महिनामै टुटेको थियो ।

जीवनमा १० पटक बिहे गर्ने क्रममा आफूले निकै धेरै उतारचढाव व्यहोरेको केइसी बताउँछिन् । १० पटक बिहे गर्नु आफ्ना लागि गर्वको विषय नभए तापनि आफू दुःखी पनि नरहेको उनको भनाइ छ । सम्बन्ध अगाडि बढ्न नसक्ने अवस्थामा पुगेपछि आफू घिसिपिटी गरेर नबस्ने र डिभोर्सको निर्णय लिइहाल्ने बानी उनको छ । उनले लोग्नेसँग सीधै ‘म खुसी छैन, मलाई डिभोर्स चाहियो’ भनेर भन्छिन् । उनको पहिलो विवाह ८ वर्ष, दोश्रो ७ वर्ष र तेश्रो अढाइ वर्षसम्म चल्यो । त्यसक्रममा उनको एउटा छोरा पनि जन्मिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*