भारतमा ८२ लाखभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी
१७ कार्तिक २०७७, सोमबार ०७:२०

भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ४६ हजार ४४१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८२ लाख २९ हजार ३२२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७५ लाख ४२ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार ६४२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*