भारतमा थप ४९ हजार जनामा संक्रमण

एजेन्सी
१४ कार्तिक २०७७, शुक्रबार ०६:५७

भारतमा कोरोना संक्रमितको संख्या ८० लाख ८८ हजार पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ४९ हजार २८१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७३ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ५ लाख ९५ हजार १७ जनाको उपचार भइरहेको छ ।यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २१ हजार १३१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*