कोरोनाका कारण अबका केही महिना अत्यन्तै कठिन हुने डब्ल्युएचओको चेतावनी

एजेन्सी
११ कार्तिक २०७७, मंगलवार ११:४५

कोरोना भाइरसको महामारीले अबका केही महिना अत्यन्तै कठिन हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।डब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने पनि बताए।

अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने डब्ल्युएचओले जनाएको छ । कोरोनाभाइरसविरुद्धको लडाइँमा हार नखान पनि उनले विश्वभरका सरकारलाई अपिल गरेका छन् । सङ्क्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने डब्ल्युएचको दृढता छ।

यद्यपि भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरू तयार हुनुपर्ने उनले बताए ।यसअघि पनि डब्ल्यूएचओले उत्तरी गोलार्द्धका मुलुकहरू ‘कठिन अवस्थामा’ रहेको भन्दै चेतावनी दिएको थियो। महानिर्देशक गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेको र केही मुलुकहरू खतरनाक बाटोमा रहेको बताएका छन् । उनको पछिल्लो भनाइ स्पष्ट रुपमा ट्रम्प प्रशासनका चिफ अफ स्टाफको पछिल्लो अभिव्यक्तितर्फ लक्षित रहेको छ ।

अमेरिकी चिफ अफ स्टाफ मार्क मेडोजले ट्रम्प प्रशासन कोरोनाभाइरसको विश्वव्यापी महामारी नियन्त्रण गर्न नभइ खोप विकास गर्न प्रयासरत रहेको बताएका थिए। अमेरिकाले ‘महामारी नियन्त्रण गर्ने नभइ’ खोप बनाउने र चिकित्सकीय विधि जस्ता कुरामा जोड दिएर त्यसलाई मत्थर पार्ने बताएका थिए । कोरोना भाइरसको महामारीका कारण मंगलबारसम्म ४ करोड ३७ लाखभन्दा बढी संक्रमित भएका छन् । यस्तै ११ लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*