भारतमा स्कुल तथा कलेज खोल्न अनुमति

बाइलाइन नेपाल
१५ आश्विन २०७७, बिहीबार ०८:५२

कोरोनाका कारण मार्चबाट बन्द रहेका स्कुल तथा कलेज खोल्न भारतको केन्द्र सरकारले अनुमति दिएको छ । अनलक—५ अन्तरगत केन्द्र सरकारले लकडाउन थप खुकुलो गर्दै स्कुलक तथा कलेज यही अक्टुबर १५ बाट खोल्ने अनुमति दिएको हो ।

यद्यपि खोल्ने नखोल्ने अन्तिम निर्णयको अधिकार केन्द्र सरकारले राज्य सरकार र सम्बन्धित संस्थालाई दिएको छ । केन्द्र सरकारले अझै पनि अनलाइन र दूरी शिक्षलाई नै प्राथमिकता र प्रोत्साहन दिइने जनाएको छ ।

भारतले स्कुल तथा कलेज खोल्ने अनुमति दिए पनि त्यहाँ कोरोनाको जोखिम भने कम भएको छैन । दैनिक ८० हजारभन्दा माथि कोरोना संक्रमित थपिरहेका छन् भने हजारको सेरोफेरोमा संक्रमितको मृत्यु भइरहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ ।

भारतमा हालसम्म कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९७ हजार ४९७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १७९ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ४७२ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६२ लाख २५ हजार ७६३ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचीमा दोस्रो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*