१५ दिनभित्र फ्रान्समा संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी

एजेन्सी
२१ भाद्र २०७७, आईतवार ०७:१७

फ्रान्समा अबको १५ दिनभित्र कोरोनाभाइरस संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी दिइएको छ । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिवियर वेरनले आउँदो दुई हप्तामा आइसीयूमा भर्ना हुने मानिसहरुको संख्या बढ्न सक्ने बताउँदै थप सचेत रहन आग्रह गरेका छन् ।

पछिल्ला केही दिनमा फ्रान्समा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको छ । वेरनले एक टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा राष्ट्रव्यापी लकडाउनको आवश्यकतालाई खारेज गर्दै फ्रान्ससँग भाइरससँग प्रतिस्पर्धा गर्न अन्य तरिका पनि भएको जानकारी दिएका छन् ।

उनले भने, ‘म लकडाउनको कल्पना गर्न सक्दिनँ । लकडाउन भक्भकी उम्लिरहेको खानालाई ढाकेको जस्तै थियो ।’ फ्रान्समा कोरोनाभाइरस संक्रमितको संख्या बढेर ३ लाख ४७ हजार २ सय ६७ रहेको छ । यस्तै कोभिडका कारण मृत्यु हुनेको संख्या ३० हजार ७ सय ३० रहेको छ ।

स्रोतः बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*