दैनिक ७६ हजार बढी संक्रमित भेटिन थाले, के भारतले ब्राजिललाई उछिन्ला ?

एजेन्सी
१४ भाद्र २०७७, आईतवार ०६:५९

शनिबार भारतमा कोरोनाका ७६ हनार ४ सय ७२ नयाँ संक्रमित थपिएका छन् । बिहिबार र शनिबार भेटिएका संक्रमितको तुलनामा यो थोरै कम हो । बिहिबार ७६ हजार ८ सय २६ संक्रमित भेटिएका थिए भने शुक्रबार ७६ हजार ६ सय ६५ संक्रमित फेला परेका थिए ।

तर लगातार यति ठूलो संख्यामा संक्रमित भेटिन थालेपछि संक्रमितको संख्यामा भारतले केही समयभित्र ब्राजिललाई उछिन्ने अनुमान गरिएको छ । ब्राजिलमा दैनिक रुपमा तीसदेखि ४० हजार संक्रमित भेटिने गरेका छन् ।

अमेरिकापछि ब्राजिल हाल कोरोनाभाइरसले सबैभन्दा प्रभाव पारेको देशको सूचीको दोस्रो स्थानमा छ । यहाँ कूल संक्रमितको संख्या ३८ लाख ४६ हजार रहेका छन् । यस्तै भारतमा कूल संक्रमितको संख्या ३४ लाख ६३ हजार रहेको छ ।

जानकारका अनुसार भारत सरकारले कोरोना परीक्षणको संख्या बढाएका कारण संक्रमितको संख्या धेरै देखिएको हो ।

कोरोनाद्वारा सर्वाधिक प्रभावित पाँच देशः

१. अमेरिका– ५९,५८,९०२ संक्रमितः १,८२,७१८ मृत्यु

२. ब्राजिल– ३८,४६,१५३ संक्रमितः १,२०,२६२ मृत्यु

३. भारत – ३४,६३,९७२ संक्रमितः ६२,५५० मृत्यु

४. रुस– ९,८२,५७३ संक्रमितः १६,९७७ मृत्यु

५. ६,२९,९६१ संक्रमितः २८,४७१ मृत्यु

स्रोतः बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*