ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १ लाख १३ हजारको मृत्यु
साढे ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार ३१ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख १३ हजार ४५४ पुगेको हो ।
पछिल्लो २४ घण्टामा ३१ हजार ३९१ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३५ लाख ३६ हजार ४८८ पुगेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २६ लाख ७० हजार ७५५ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ५२ हजार २७९ जनाको उपचार भइरहेको छ ।

एजेन्सी











