भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

एजेन्सी
६ भाद्र २०७७, शनिबार ०६:४७

भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ६९ हजार ३९ जना संक्रमित भएसँगै शनिबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २९ लाख ७३ हजार ३६८ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म २२ लाख २० हजार ७९९ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९६ हजार ६४१ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५५ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९५३ जनाको मृत्यु भएपछि भारतमा शनिबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५५ हजार ९२८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*