अमेरिकामा कोरोनाले १ लाख ७६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी
४ भाद्र २०७७, बिहीबार ०६:१८

अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७६ हजारभन्दा बढीको मृत्यु भएको छ । बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार १८९ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७६ हजार २६३ पुगेको छ ।

यस्तै एकैदिन थप ४३ हजार १९४ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ५६ लाख ९९ हजार १६८ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३० लाख ६० हजार ५१३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २४ लाख ६२ हजार ३६५ जनामध्ये १६ हजार ९६९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*