भारतमा एकैदिन ६९ हजारमा कोरोना संक्रमण, संक्रमित संख्या २८ लाख नाघ्यो

एजेन्सी
४ भाद्र २०७७, बिहीबार ०६:१७

भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ लाख नाघेको छ ।भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ६९ हजार १९६ जना संक्रमित भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २८ लाख ३५ हजार ८२२ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।संक्रमितमध्ये अहिलेसम्म २० लाख ९६ हजार ६८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ८५ हजार ७६० जनाको उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ९८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा बिहीबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५३ हजार ९९४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*