अमेरिकामा कोरोना भाइरसले १ लाख ७३ हजारभन्दा बढीको मृत्यु

एजेन्सी
१ भाद्र २०७७, सोमबार ०६:२४

अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ ।सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ५२२ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७३ हजार १२८ पुगेको छ ।

यस्तै एकैदिन थप ३६ हजार ७९० जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ५५ लाख ६६ हजार ५७९ पुगेको छ।संक्रमितमध्ये अहिलेसम्म २९ लाख २२ हजार ७१० जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २४ लाख ७० हजार ७४१ जनामध्ये १७ हजार २३७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*