रुसद्वारा नयाँ भ्याक्सिनको उत्पादन सुरु

एजेन्सी
३२ श्रावण २०७७, आईतवार ०७:३५
फाइल तस्वीर

रुसले कोरोना भाइरस विरुद्धको नयाँ भ्याक्सिनको उत्पादन सुरु गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भ्याक्सिन अगस्ट महिनाको अन्त्यमसम्म उपलब्ध हुने जानकारी दिएको छ । थुप्रै विशेषज्ञले रुसले दौडमा पहिलो हुने चक्करमा सुरक्षासँग सम्झौता गरेको आरोप लगाएका छन् ।

रुसमा गरिएको एक स्वतन्त्र अनुसन्धानमा त्यहाँका आधाभन्दा बढी स्वास्थ्यकर्मीले भ्याक्सिनमाथि विश्वास नभएको बताउँदै नयाँ भ्याक्सिन लगाउन नचाहेको तथ्य सार्वजनिक भएको छ ।

यद्यपि, राष्ट्रपति भ्लादिमिर पुटिनले भ्याक्सिन तयार गर्न सबै आवश्यक कुरालाई ध्यानमा राखिएको छ र उनकी छोरीलाई उक्त भ्याक्सिन दिइसकेको जानकारी दिएका छन् । रुसले यो भ्याक्सिनको नाम ‘स्पूतनिक भी’ राखेको छ । रुसी भाषामा स्पुतनिक शब्दको अर्थ स्याटलाइट हो । रुसले नै विश्वको पहिलो स्याटलाइट बनाएको थियो ।

स्रोतः बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*