अमेरिकामा कोरोना संक्रमणले १ लाख ७१ हजारभन्दा बढीको मृत्यु

एजेन्सी
३१ श्रावण २०७७, शनिबार ०६:३२

अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७१ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार ८० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७१ हजार ४९५ पुगेको छ ।

यस्तै एकैदिन थप ५९ हजार ८९२ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५४ लाख ७५ हजार ५५८ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २८ लाख ६८ हजार २७१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २४ लाख ३५ हजार ७९२ जनामध्ये १७ हजार २१६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*