भारतमा एकै दिन थपिए ६४ हजार संक्रमित, १ हजार बढीको मृत्यु

एजेन्सी
३० श्रावण २०७७, शुक्रबार ०७:३४

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा दिनप्रतिदिन तीव्र बन्दै गएको छ ।पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार १४२ भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ६ जनाको ज्यान गएको छ । भारतमा सङ्क्रमितको संख्या २४ लाख ५९ हजार नाघेको छ ।

यस्तै कोरोनाका कारण ४८ हजार १४४ जनाको ज्यान गएको छ । नयाँ बिरामी र ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै धेरै हो । भारतमा अहिलेसम्म १७ लाख ५० हजारभन्दा धेरै निको भएका र ७ लाख ६४ हजारको उपचार भइरहेको छ । जसमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*