भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था गम्भीर

बाइलाइन नेपाल
२७ श्रावण २०७७, मंगलवार १६:२७

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था ‘गम्भीर’ बनेको छ । भारतको नयाँ दिल्लीस्थित सैनिक अस्पतालमा उनको ब्रेन सर्जरी भएको थियो । सर्जरीपछि उनको अवस्था नाजुक बनेको हो । अहिले उनलाई भेन्टिलेटरको सहायतामा राखिएको छ ।

सोमबार ८४ वर्षीय मुखर्जीले आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । उनले सामाजिक सञ्जाल ट्वीटरबाट उक्त जानकारी दिएका हुन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि नयाँ दिल्लीको सैनिक अस्पतालको भ्रमण गरी मुखर्जीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । त्यस्तै भारतीय कांग्रेसका नेता राहुल गान्धीले पनि मुखर्जीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

स्रोत : हिन्दुस्तान टाइम्स

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*