ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ९९ हजार भन्दा बढीको मृत्यु
पछिल्लो २४ घण्टामा ४९ हजार ५०२ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या २९ लाख ६७ हजार ६४ पुगेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २० लाख ६८ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ९८ हजार ६६८ जनाको उपचार भइरहेको छ ।

एजेन्सी











