अमेरिकामा कोरोना संक्रमणले १ लाख ६४ हजारभन्दा बढीको मृत्यु

एजेन्सी
२४ श्रावण २०७७, शनिबार ०७:४०

अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार २९० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ६४ हजार ९४ पुगेको छ ।

यस्तै एकै दिन थप ६३ हजार २३५ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५० लाख ९५ हजार ५१३ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २६ लाख १६ हजार ८९१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २३ लाख १४ हजार ५२८ जनामध्ये १८ हजार ५६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*