भारतमा एकैदिन ५७ हजार बढीमा कोरोना, दुई दिनमा १ लाख संक्रमित

एजेन्सी
August 1st, 2020

भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । शनिबार यो समाचार तयार पार्दासम्म भारतमा ५७ हजार ७०४ जना संक्रमित भएका छन् । यो भारतमा एकैदिन संक्रमित हुनेको अहिलेसम्कै सर्वाधिक संख्या हो ।

यसअघि शुक्रबार पनि त्यहाँ ५४ हजार ९६६ जना संक्रमित थपिएका थिए । दुई दिनमा मात्रै भारतमा एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । भारतमा कुल संक्रमित संख्या १६ लाख ९७ हजार ५४ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।

संक्रमितमध्ये अहिलेसम्म १० लाख ९५ हजार ६४७ संक्रमणमुक्त भएका छन् भने ५ लाख ६४ हजार ८५६ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७६५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३६ हजार ५५१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*