अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघ्यो

एजेन्सी
१३ श्रावण २०७७, मंगलवार ०६:५६

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ । करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मंगलबार यो समाचार पार्दासम्म एकै दिन ५७० जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या १ लाख ५० हजार ४१८ पुगेको छ ।

यस्तै एकै दिन ६० हजार २७२ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमित संख्या ४४ लाख ३२ हजार १११ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २१ लाख ३३ हजार ५८२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २१ लाख ४८ हजार १११ जनामध्ये १९ हजार १४६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*