भारतमा एकै दिन ४६ हजारभन्दा बढी संक्रमित

एजेन्सी
१३ श्रावण २०७७, मंगलवार ०६:५५

भारतमा सोमबारको तुलनामा ४ हजार कम संक्रमित थपिएका छन् । सोमबार सर्वाधिक ५० हजारभन्दा बढी संक्रमित भएकामा मंगलबार ४६ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार, शनिबार र शुक्रबार लगातार ४८ हजारभन्दा बढी संक्रमित भेटिएका थिए ।

भारतमा कुल संक्रमित संख्या १४ लाख ८२ हजार ५०३ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ९ लाख ५३ हजार १८९ संक्रमणमुक्त भएका छन् भने ४ लाख ९५ हजार ८६६ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६३६ जनाको मृत्यु भएपछि मंगलबार बिहानसम्म ज्यान गुमाउनेको ३३ हजार ४४८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*