अमेरिकामा कोरोना खोपको अन्तिम परीक्षण सुरु

एजेन्सी
१३ श्रावण २०७७, मंगलवार ०६:५१
फाइल तस्वीर

अमेरिकामा कोरोना खोपको अन्तिम परीक्षण सुरु भएको छ । कोरोना भाइरस विरुद्धको खोप निर्माणमा संसारकै सबैभन्दा ठुलो मानिएको अन्तिम परीक्षण सोमबार सुरु भएको हो । उक्त परीक्षणमा ३० हजार व्यक्तिहरुलाई सामेल गराइएको छ । संसारभर अहिले कोरोना भाइरसविरुद्धको खोपका विषयमा अध्ययन अनुसन्धान जारी छ । संसारमा थुप्रै देशमा चरणबद्ध रुपमा खोप परीक्षण भैरहेका छन् ।

त्यसमध्ये अमेरिका पनि यो दौडमा रहेको छ, जहाँ खोपको अन्तिम परीक्षण सुरु भएको छ । यद्यपि, अमेरिकाको राष्ट्रिय स्वास्थ्य तथा आधुनिक इन्ष्टिच्युटले निर्माण गरिरहेको उक्त खोपले कोरोना विरुद्ध साँच्चिकै रक्षा गर्छ भन्ने निश्चितचाहि भैसकेको छैन । परीक्षणका लागि सामेल स्वयंसेवकहरुलाई पनि वास्तविक खोप दिइएको छ वा नक्कली खोपको परीक्षण गरिएको छ भन्ने थाहा छैन ।

वैज्ञानिकहरु अहिले अनुसन्धानकै क्रममा रहेका छन् । अहिले अमेरिका लगायतका विश्वका थुप्रै मुलुकहरुमा कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ । त्यसैले अमेरिका लगायतका मुलुकहरु तिव्र रुपमा यो भ्याक्सिन निर्माणको तयारीमा लागेका छन् । सोही क्रममा अमेरिकी कोरोना विशेषज्ञ डा.एन्थोनी फौचीले समाचार एजेन्सी एपीसँग भने, ‘दुर्भाग्यवस अमेरिकामा यहिबेला (अहिले) धेरै मानिसहरु संक्रमित छन् ।’ अमेरिकामा परीक्षण हुँदै गरेको यो खोप यसअघि जर्जियाको सवानामा परीक्षण गरिएको थियो । जुन अमेरिकामा रहेका सात दर्जनभन्दा बढी परीक्षण केन्द्रहरुमध्ये एक हो ।

न्युयोर्कको बिंगमटनमा कार्यरत एक नर्स मेलिसा हार्टिङ परीक्षणका लागि तयारी अवस्थामा रहेका ३० हजार स्वयंसेवकहरु मध्ये एक हुन् । उनले भनिन्ः ‘यो कामका लागि सहयोग गर्नु मेरो कर्तव्य हो ।’ हार्टिङले भनिन्– ‘म धेरै उत्सुक छु । भाइरसको जोखिममा रहेका कोरोनाको लडाईमा अग्रभागमा रहेका मानिससँगै यस भाइरसलाई समाप्त गर्नु मेरो लागि महत्वपूर्ण कुरा हो ।’ यो खोपको अन्तिम चरणको परीक्षण चीन र बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा पनि हुँदैछ । तर कुनै पनि खोपको परीक्षण अमेरिकामा गर्न जरुरी छ, किनभने अमेरिकामा परीक्षणको स्केल निकै बढी छ । अहिले त्यहाँ प्रत्येक महिना सरकारी कोषबाट सञ्चालित कोभिड १९ रोकथाम नेटवर्क खोपको खोजीमा अघि बढ्ने उम्मेद्वारहरुको बारेमा नयाँ अनुसन्धान (सोध) सार्वजनिक गरिन्छ ।

यति ठूलो मात्रामा भैरहेको अनुसन्धानको उद्धेश्य खोपले कार्य गरिरहेको छ वा छैन भनेर मात्र हुँदैन । बरु हरेक खोप सम्भावित खोप सुरक्षित छ वा छैन भनेर परीक्षण गर्नु जरुरी छ । र उही परिमाणको अनुसन्धानले वैज्ञानिकहरुलाई प्रत्येक खोपसँग तुलना गर्न मद्दत गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*