भारतमा भयावह बन्दै कोरोना संक्रमण
भारतमा लगातार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा फेरि पनि ४८ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ८९२ जना संक्रमित भएका छन् । यसअघि शुक्रबार पनि ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको थियो ।
भारतमा कुल संक्रमित संख्या १३ लाख ३७ हजार २२ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ८ लाख ५० हजार १०७ संक्रमणमुक्त भएका छन् भने ४ लाख ५५ हजार ५०९ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७६१ जनाको मृत्यु भएपछि शनिबार बिहानसम्म ज्यान गुमाउनेको ३१ हजार ४०६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

एजेन्सी











