भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन सर्वाधिक ४८ हजार संक्रमित

एजेन्सी
९ श्रावण २०७७, शुक्रबार ०७:५०

भारतमा लगातार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको छ । दुइ दिनमा मात्रै भारतमा करिव एक लाख मानिस संक्रमित भएका छन् । यसअघि बिहीबार भारतमा ४५ हजार ५९९ जनामा संक्रमण पुष्टि भएको थियो।

कुल संक्रमित संख्या १२ लाख ८८ हजार १३० पुगेको भारत विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी संक्रमितको सूचिमा छ । संक्रमितमध्ये अहिलेसम्म ८ लाख १७ हजार ५९३ संक्रमणमुक्त भएका छन् भने ४ लाख ३९ हजार ८९२ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७५५ जनाको मृत्यु भएपछि शुक्रबार बिहानसम्म ज्यान गुमाउनेको ३० हजार ६४५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*