स्पेनमा पुनः बढ्यो संक्रमणको खतरा, लगाइए नयाँ प्रतिबन्ध

एजेन्सी
४ श्रावण २०७७, आईतवार ०८:२२

स्पेनको उत्तर–पूर्वी इलाका क्याटलोनियामा थुप्रै प्रतिबन्ध बीच एकपटक पुनः एक दिनमा हजार बढी संक्रमित भेटिएका छन् । स्वास्थ्य विभागले यस हप्ता संक्रमितको संख्यामा भएको वृद्धिलाई रोक्ने कोसिस गरिरहेको छ । यसकारण बार्सिलोनामा ४० लाख व्यक्तिलाई १५ दिनसम्म घरमा बस्न आग्रह गरिएको छ ।

क्याटलोनिया स्पेनमा सबैभन्दा बढी कोरोना प्रभावित इलाकामा समावेश छ ।उता स्पेनमा कोरोनाको बढ्दो संक्रमण देखिएपछि छिमेकी देश फ्रान्सले देशको सीमा बन्द गर्नेबारे एकपटक पुनः विचार गर्नुपर्ने बताएको छ ।स्पेनमा हालसम्म २.६ लाख संक्रमित भेटिएको छ जसमध्ये २८ हजार ४ सय व्यक्तिको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा क्याटलोनयामा ११ सय २६ संक्रमित भेटिएका छन् । यीमध्ये ८ सय ९४ संक्रमित बार्सिलोनामा छन् । यहाँ नाइट क्लब र जम बन्द हुनुका साथै रेष्टुरेन्ट र बार आदिमा प्रतिबन्ध लगाइएको छ ।

स्रोतः बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*