कोरोनाबाट जोगिन सुनको मास्क

एजेन्सी
३ श्रावण २०७७, शनिबार १६:४७
तस्बिर सौजन्य :एएनआई

भारतको उडिसाका एक व्यापारी आलोक मोहंती आजकल सोसल मिडियामा भाइरल भइरहेका छन्। आलोकले कोरोनाभाइरसबाट बच्नको लागि मास्क लगाउँछन् तर उनको मास्कको विशेषता भने अर्कै छ। उनले साधारण मास्क होइन। सुनको मास्क लगाउँछन्। उक्त सुनको मास्क १०० ग्रामको छ। न्युज एजेन्सी एएनआईका अनुसार उनले उक्त सुनको मास्क मुम्बईस्थित जावेरी बजारको एक सुन पसलबाट बनाएका हुन्। जसको मूल्य करिब ४८ लाख ८० हजार रुपैयाँ पर्छ।

‘मुम्बईमा रहेको बेला एक जनाले सुनको मास्क बनाइरहेको देखें। र त्यहीबेलै मैले पनि सुनको मास्क बनाउने सोचें’,उनले भने। त्यसपछि आफूले पनि सुनको मास्क बनाउन ज्वेलरी पसलमा अर्डर गरेको उनले बताए। उनका अनुसार सुनको मास्क बनाउन २२ दिन लाग्यो। यसअघि पुनेका शंकर कुरहडे नामका व्यापारीले पनि चार हजार अमेरिकी डलर मूल्य पर्ने मास्क लगाएका थिए। ६० ग्राम सुनको उक्त मास्क बनाउन शिल्पकारलाई आठ दिन लागेको थियो।  भारतमा कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। भारतमा हालसम्म १० लाख बढी कोरोना संक्रमित भेटिएका छन् भने ६ लाख बढी निको भइसकेका छन्। त्यसैगरी मृत्यु हुनेको संख्या २६ हजार पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*