भारतमा एकैदिन भेटिए साढे ३२ हजार संक्रमित

बाइलाइन नेपाल
१ श्रावण २०७७, बिहीबार ०८:२७

भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय ७ नयाँ जनामा संक्रमण पुष्टि भएको छ । एकदिनमा भेटिएको यो हालसम्मको सर्वाधिक संख्या हो । यसअघि मंगलबार २९ हजार ९ सय १७ संक्रमित भेटिएका थिए भने सोमबार २८ हजार १ सय ७८ जनामा कोरोनाको संक्रमण देखिएको थियो । यो आँकडा कोभिड१९इन्डिया डट ओराजी अनुरुप हो । यस्तै, बुधबार बिहारमा भाजपाका प्रदेश अध्यक्ष संजय जायसवाल संक्रमित भेटिए । यसका साथै दुई दिनभित्र भाजपा कार्यलयमा २५ जनामा संक्रमण देखियो ।

विश्वभर एकै दिन २ लाख ३४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै बिहीबार बिहान यो समाचार तयार पार्दा सम्म संक्रमित हुनेको संख्या १ करोड ३६ लाख ९० हजार नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७५४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ८६ हजार ७७६ पुगेको छ ।

एकै दिन १ लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । बिहीबार यो समाचार तयार पार्दासम्म निको भएका ८० लाख ३६ हजार ६०२ संक्रमितमध्ये १ लाख ८४ हजार १४१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९७ हजार ७५४ जनाको मृत्यु भएको छ । २६ लाख १३ हजार ८०९ जना संक्रमित भएकोमा १५ लाख ४६ हजार १६६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९० हजार ६८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४२ लाख ३५ हजार ८७५ पुगेको छ । त्यसमध्ये १९ लाख ९२ हजार ८८४ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा ७३ हजार ८८९ जनाको मृत्यु भएको छ । ३१ लाख ३१ हजार २८ जना संक्रमित भएकोमा २२ लाख २ हजार २१९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १० हजार २७० जनाको मृत्यु भएको छ । ३० लाख ४९ हजार ४४१ जना संक्रमित भएकोमा १९ लाख ४९ हजार ३२० जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा १४ हजार २८ जनाको ज्यान गएको छ भने ६ लाख ४६ हजार ८६९ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ३५ हजार ७२५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३५ जनाको मृत्यु भएको छ । १२ हजार ४७६ जना संक्रमित भएकोमा ९ हजार ६३७ जना संक्रमणमुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*