ब्राजिलमा एकै दिन ४३ हजारभन्दा बढी संक्रमित

एजेन्सी
३१ असार २०७७, बुधबार ०६:३६

कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ४३ हजारभन्दा बढी संक्रमित भएका छन् ।योसँगै बुधबार बिहानसम्म ब्राजिलमा कोरोनाले संक्रमित हुनेको संख्या १९ लाख ३१ हजार २०४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १३४१ जनाको मृत्यु भएसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७४ हजार २६२ पुगेको हो ।अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १२ लाख १३ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ४३ हजार ४३० जनाको उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*