भारतमा कोरोनाले २४ हजारभन्दा बढीको मृत्यु, एकै दिन २९ हजारभन्दा बढी संक्रमित

एजेन्सी
३१ असार २०७७, बुधबार ०६:३५

भारतमा कोरोना भाइरसको संक्रमणले २४ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा मृतक संख्या २४ हजार ३१५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५८८ जनाको मृत्यु भएको छ । ६ दिनमा करिव २ लाख संक्रमित देखिएको भारतमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या ९ लाख ३७ हजार ४८७ पुगेको छ ।

त्यसमध्ये २९ हजार ८४२ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । पछिल्लो एक हप्ता यता संक्रमितको संख्या भारतमा अस्वाभाविक तवरले बढ्दै गएका छन् । पछिल्लो ६ दिनमा मात्रै १ लाख ९३ हजार ९८६ जना संक्रमित भएका छन् । भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ५ लाख ९३ हजार ८० जना संक्रमणमुक्त भएका छन् भने ३ लाख २० हजार ९२ जनाको उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*