कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ विश्व रेकर्ड कायम

बाइलाइन नेपाल
२९ असार २०७७, सोमबार १२:०८

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले आइतबार कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको जनाएको छ। रोयटर्समा प्रकाशित सामाचारका अनुसार आइतबार २४ घण्टाको अवधिमा २ लाख ३० हजार ३ सय ७० संक्रमित फेला परेपछि नयाँ रेकर्ड कायम भएको हो।

थपिएका धेरै संक्रमित अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाबाट रहेका छन्। यसअघि जुलाई १० मा सबैभन्दा धेरै संक्रमित फेला परेका थिए। सो दिन २ लाख २८ हजार १ सय २ जना संक्रमित फेला परेका थिए। मृतक संख्या भने ५ हजारमा स्थिर रहेको छ। पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ३० लाख नाघेको छ । यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख ६५ हजार पार भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*