ब्राजिलमा कोरोना संक्रमितको संख्या १८ लाख नाघ्यो, ७० हजारभन्दा बढीको मृत्यु

बाइलाइन नेपाल
२७ असार २०७७, शनिबार ०७:१५

कोरोना भाइरसको महामारीले ब्राजिलमा ७० हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार २७० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ७० हजार ५२४ पुगेको छ ।

यस्तै एकै दिन ४५ हजार २३५ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १८ लाख ४ हजार ३३८ पुगेको छ। अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म ११ लाख ८५ हजार ५९६ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ४८ हजार २१८ जनाको उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*