आजको मौसम पूर्वानुमान

बाइलाइन नेपाल
१८ असार २०७७, बिहीबार ०७:४६

मौसम पुर्वानुमान महाशाखाले बिहीबार बिहान देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर अधिकांश स्थानमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ

यसैगरी, बिहीबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, बिहीबार राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।र, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*