चिनियाँ सैनिकसँगकाे झडपमा ज्यान गुमाउने भारतीय सैनिककाे सङ्ख्या २० पुग्याे

बाइलाइन नेपाल
३ असार २०७७, बुधबार ०७:०७

भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखकाे गलवानमा चिनियाँ सैनिकसँगकाे झडपमा ज्यान गुमाउने भारतीय सैनिककाे सङ्ख्या २० पुगेकाे छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले भारतीय सेनालाई उद्धृत गर्दै हिजाे र अस्ति अर्थात् १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको जनाएको छ । सुरुमा मंगलबार ३ सैनिककाे ज्यान गएकाे जानकारी दिएकाे भारतीय सेनाले बुधबार सबेरै अन्य १७ सैनिकसहित जम्मा २० सैनिकले ज्यान गुमाएकाे अद्यावधिक गरेकाे हाे ।

भारतीय सेनाका अनुसार पछिल्लाे ४५ वर्षमा सीमा क्षेत्रमा भएकाे याे सबैभन्दा डरलाग्दाे झडप भएकाे र यसमा अधिकांश घाइते सैनिकहरुले गम्भीर चाेटका कारण ज्यान गुमाएका बीबीसीले समाचारमा उल्लेख गरेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*