भारतमा ३ लाख ३३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

बाइलाइन नेपाल
१ असार २०७७, सोमबार ०७:०८
फाइल तस्वीर

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ३३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५२० जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ३३ हजार ८ पुगेको हो ।

एकै दिन अरू ३२१ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ९ हजार ५२० पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ६९ हजार ६८९ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*