अमेरिकामा कोरोनाले १ लाख १६ हजारको मृत्यु, २१ लाख बढी संक्रमित

बाइलाइन नेपाल
३१ जेष्ठ २०७७, शनिबार ०७:४३

कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख १६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा २६ हजार ७७२ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २१ लाख १६ हजार ४२८ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा शनिबार बिहानसम्म १ लाख १६ हजार ८१९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८७५ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ८ लाख ३९ हजार ८२२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ५९ हजार ७८७ जनामध्ये १६ हजार ६१३ जनाको अवस्था गम्भीर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*