कोरोना महामारी नियन्त्रण नहुँदै ट्रपद्वारा चुनावी र्‍यालीको घोषणा

बाइलाइन नेपाल
२९ जेष्ठ २०७७, बिहीबार ०७:१६

अमेरिकामा कोरोना भाइरसको महामारी नियन्त्रण नहुँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी र्‍याली थाल्ने घोषणा गरेका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले आगामी शुक्रबारबाटै र्‍याली सुरू गर्ने घोषणा गरेका हुन् ।

सबैभन्दा पहिले ओकाहामाबाट सुरु हुने र्‍याली विभिन्न ५ राज्यमा गरिने उनले जनाएका छन् । ट्रम्पका अनुसार फ्लोरिडा, एरिजोना, उत्तरी क्यारोलिना र टेक्सासमा पनि स्वास्थ्य सावधानी अपनाएर र्‍याली हुनेछन् ।

अमेरिकामा यसै वर्षको नोभेम्बर महिनामा राष्ट्रपति पदको चुनाव हुँदैछ । उक्त चुनावमा जो बिडेन ट्रम्पका प्रतिस्पर्धी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*