भारतमा एकै दिन १० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रम

बाइलाइन नेपाल
२८ जेष्ठ २०७७, बुधबार ०६:५४

भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २१८ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ७६ हजार १४६ पुगेको हो ।

एकै दिन अरू २७७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ७ हजार ७५० पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ३४ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*