न्युजिल्याण्डद्वारा कोरोना संक्रमण मुक्त भएको घोषणा

बाइलाइन नेपाल
२६ जेष्ठ २०७७, सोमबार ११:२२

ओसेनिया मुलुक न्युजिल्यान्डले कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको घोषणा गरेको छ।

नयाँ संक्रमित र सक्रिय केस बाँकी नरहेपछि न्युजिल्यान्डले कोरोना भाइरसमुक्त भएको घोषणा गरेको हो।

आइसोलेसनमा राखिएका अन्तिम बिरामीमा ४८ घण्टायता कुनै लक्षण नदेखिएको जनाइएको छ ।

“यो वास्तवमा राम्रो खबर हो,” स्वास्थ्य विभागका महानिर्देशक डा. अस्ले ब्लुमफिल्डले भने। गत २२ मेमा न्युजिल्यान्डमा कोरोना भाइरसका अन्तिम संक्रमित भेटिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*