भारतमा तीन दिनयता दैनिक १० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

बाइलाइन नेपाल
२६ जेष्ठ २०७७, सोमबार ०७:१७

भारतमा तीन दिनयता दैनिक १० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको भारतमा तीन दिन यतामात्रै ३० हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

शुक्रबार र शनिबार पनि १० हजारभन्दा बढीमा संक्रमण देखिएको भारतमा पछिल्लो २४ घण्टामा १० हजार ८८४ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार त्यहाँ १० हजार ४३८ जनामा संक्रमण पुष्टि भएको छ थियो ।

भारतमा सोमबार बिहान यो समाचार तयार पार्दासम्म २ लाख ५७ हजार ५०६ जनामा संक्रमण पुष्टि भएको छ । एकै दिन अरू २६१ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ७ हजार २०७ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख २३ हजार ८४८ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*