अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख १२ हजारको मृत्यु

बाइलाइन नेपाल
२५ जेष्ठ २०७७, आईतवार ०७:२६

कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख १२ हजार ७७ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६८७ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १९ लाख ८७ हजार ६८३ पुगेको छ ।

कुल संक्रमितमध्ये ७ लाख ४८ हजार २९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख २७ हजार ५७७ जनामध्ये १७ हजार २१ जनाको अवस्था गम्भीर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*