संसारको सर्वाधिक कोरोना प्रभावित देशको सूचीको सातौं स्थानमा उक्लियो भारत

बाइलाइन नेपाल
१९ जेष्ठ २०७७, सोमबार ०९:५०

कोरोनाभाइरसद्वारा संसारकै सर्वाधिक प्रभावित देशको सूचीमा भारत अब सातौं स्थानमा उक्लिएको छ ।

जोन्स होप्किन्स युनिभर्सिटीको ड्याशबोर्डका अनुसार भारतमा कोरोना संक्रमितको संख्या दुई लाख पुग्नै लागेको छ । ड्याशबोर्डका अनुसार भारतमा कूल १ लाख ९० हजार ६ सय ९ कोरोना संक्रमित रहेका छन् जबकी ५ हजार ४ सय ८ को यो भाइरसका कारण मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको आँकडा अनुसार पनि कोरोना भाइरस संक्रमितको हिसाबले भारत संसारको सातौं सर्वाधिक प्रभावित देश बनेको छ । संगठनका अनुसार भारतमा कूल संक्रमितको संख्या १ लाख ८२ हजार १ सय ४३ रहेको छ भने ५ हजार १ सय ६४ को मृत्यु भएको छ ।

स्रोतः बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*