डब्ल्युएचओसँग अमेरिकाको सबै सम्बन्ध अन्त्य भयो : ट्रम्प

बाइलाइन नेपाल
१७ जेष्ठ २०७७, शनिबार ०७:३१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) सँग अमेरिकाको सबै सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् ।

कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको तथा चीनको पक्षपोषण गरेको आरोप लगाउँदै ट्रम्पले डब्ल्युएचओसँगको सबै सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् ।

‘डब्ल्युएचओ चीनको नियन्त्रणमा छ, जबकी अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ,’ ट्रम्पले भने, ‘डब्ल्युएचओलाई ब्यापक सुधार गर्न गरिएको अनुरोधमा पनि ऊ असफल भयो ।’

डब्ल्युएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने उनले घोषणा गरेको सिएनएनले छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*