भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चीनभन्दा बढी

बाइलाइन नेपाल
१६ जेष्ठ २०७७, शुक्रबार १४:१८

एजेन्सी । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या चीनभन्दा बढी पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकपछि कोरोना भाइरसका कारण भइरहेका मृत्युका घटनामा भारतले चीनलाई पछि पारेको छ ।

कोरोनाका कारण भारतमा अहिलेसम्म कोरोनाका कारण चार हजार ७०६ को मृत्यु भएको छ भने चीनमा चार हजार ६३८ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार विश्वमा कोरोना भाइरस संक्रमणबाट सबैभन्दा प्रभावित देशहरूको सूचीमा भारत अब नवौं स्थानमा पुगेको छ । युनिभर्सिटीले भारतमा एक लाख ६५ हजार ३८६ कोरोना संक्रमित रहेको जनाएको छ । -बीसीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*