जापानमा कोरोना भाइरसको महामारी फैलिएपछि लगाइएको संकटकाल अन्त्य
जापानमा कोरोना भाइरसको महामारी फैलिएपछि लगाइएको संकटकाल अन्त्य भएको छ।
जापानका प्रधानमन्त्री सिन्जो आबेले सोमबार मुलुकभर लगाइएको संकटकाल अन्त्य भएको घोषणा गरेका हुन् ।
सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आबेले कोरोना भाइरसविरुद्ध ल्याइएको विशेष कानूनका आधारमा लागू गरिएको संकटकाल हटाइएको जनाएका हुन् ।
जापानमा गत अप्रिल ७ तारिखबाट लागू गरिएको आपतकाल मे २५ तारिख सोमबार साँझबाट नै लागू हुनेगरि रद्दको घोषणा गरिएको हो ।

बाइलाइन नेपाल











