अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख नजिक, एकै दिन १९ हजार संक्रमित

बाइलाइन नेपाल
१३ जेष्ठ २०७७, मंगलवार ०६:५२

करिव ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५०४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९९ हजार ८०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ७१८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख ६ हजार १५४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ६२ हजार ७६४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४३ हजार ५८६ जनामध्ये १७ हजार ११४ जनाको अवस्था गम्भीर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*