विश्वभरी कोरोनाभाइरसको संक्रमितको संख्या आधा करोड नाघ्यो

बाइलाइन नेपाल
८ जेष्ठ २०७७, बिहीबार ०८:०१

विश्वभरी कोरोनाभाइरस संक्रमितको संख्या आधा करोड नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म संसारभरी कोभिड–१९ संक्रमितको संख्या ५० लाख ८५ हजार ६६ पुगेको छ ।

साथै, हालसम्म विश्वभरी ३ लाख २९ हजार ७ सय २१ को मृत्यु भएको छ । यद्यपि, २० लाख २१ हजार ६ सय ७२ जना निको समेत भइसकेका छन् ।

हालसम्म मृतक र संक्रमितको आधारमा कोरोनाभाइरसले सबैभन्दा प्रभावित बनाएको देशको शीर्ष स्थानमा अमेरिका रहेको छ । यहाँ हालसम्म ९४ हजार ९ सय ९४ को मृत्यु भएको छ भने १५ लाख ९१ हजार ९ सय ९१ संक्रमित रहेका छन् ।

यस्तै, रसियामा संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । संक्रमितको संख्याको आधारमा रसिया दोस्रो स्थानमा रहेको छ । यहाँ हालसम्म ३ लाख ८ हजार ७ सय ५ संक्रमित रहेका छन् । यद्यपि, संक्रमितको तुलनामा यहाँ निकै कम व्यक्तिको मृत्यु भएको छ । हालसम्म यहाँ २ हजार ९ सय ७२ को भृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*