भारतमा एकै दिन ६ हजारमा कोरोना संक्रमण,३ हजार ३०३ जनाको मृत्यु

बाइलाइन नेपाल
७ जेष्ठ २०७७, बुधबार ०६:५६

भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख ६ हजार नाघेको छ ।

एकै दिन थप ६ हजार १४७ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ६ हजार ४७५ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ३०३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १४६ जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*