तराईमा अत्याधिक गर्मी र पहाडमा क्षणिक वर्षाको पूर्वानुमान

बाइलाइन नेपाल
५ जेष्ठ २०७७, सोमबार ०७:२३

आगामी बुधबारसम्म मुलुकका पहाडी भू-भागमा क्षणिक वर्षा हुने तथा मुलुकभर तापक्रम बढेर तराई क्षेत्रमा अत्याधिक गर्मी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर स्थानीय वायुको प्रभावले पहाडी भू-भागका केही स्थानमा बदली भए पनि बाँकी भू-भागमा मौसम सफा रहने छ ।

दिउँसोसम्म पहाडी भू-भागमा आंशिक बदली भई पहाडी क्षेत्रका केही स्थानमा क्षणिक वर्षा हुने महाशाखाले जनाएको छ । यो क्रम बुधबारसम्म जारी रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*