अमेरिकन आइडलको टप ५ मा पुगे नेपाली युवा दिवेश

बाइलाइन नेपाल
५ जेष्ठ २०७७, सोमबार ०६:३१

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन्। उनी टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुला भएको छ। दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन्।

फाइनल राउण्ड पनि सुरु भइसकेको छ। यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन्। दुई घन्टासम्म भोटिङ खुल्ला राखिने छ। सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ। कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*